“ बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार ” “वहुप्रकोपिय विपदमा भुकम्पीय सूरक्षा साझा सहकार्यमा जनधनको रक्षा ।“ आफ्नो घरलाई नियमित सेनिटाइज गरौँ खाना खानु भन्दा अघि साबुन पानीले कम्तीमा २० सेकेन्ड सम्म हात मिचि मिचि धो‍औँ । आँखा ,नाक र मुख हात सेनिटाइज गरेपछि मात्र छुवौँ। । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विधालय पुर्याऔँ । वातावारणलाई संरक्षण र सम्बर्द्धण गर्न वृक्षारोपण तथा वृक्षा पालन पोषण गरौ ।

संक्षिप्त परिचय

मनराशिस्वा नगरपालिका प्रदेश नं.२ अन्तरगत महोत्तरी जिल्लामा पर्दछ । यस जिल्लामा रहेको १० वटा नगरपालिका र ५ वटा गाउँपालिका मध्ये यो पनि एउटा स्थानीय तह रहेको छ । साबिकको गा.बि.स. हरु क्रमशः शिसवा कटैया, बथनाहा,साढाँ, सरपल्लो,मनरा, ईटहर्वा कटी र सोनैल समेत गरि ७ वटा गा.बि.स. हरु समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । यो नगरपालिका महोत्तरी जिल्लाको सदर मुकाम जलेश्वर देखि १२ किलो मिटर पश्चिम दक्षिणमा रहेको यो नगरपालिकामा जम्मा ८५४१ घरपरिवार अवस्थित रहेको छ । महोत्तरी जिल्लाको कुल क्षेत्तफल १००२ वर्ग किलो मिटर मध्ये यस नगरको कुल क्षेत्रफल ४९.७८ ब.कि.मी. रहेको छ अर्थात ४९७८ हेक्टर (७४६७ बिघा) रहेको छ ।

Pages